नेपाल एसबिआई बैंकको र नेपाल एसबिआई मर्चेण्ट बैंकिङको आयोजनामा काभ्रे बहुमुखि क्याम्पसमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
बनेपा । नेपाल एसबिआई बैंक लिमिटेड बनेपा शाखाले आफ्नो सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लि. संगको सहकार्यमा बनेपा स्थीत काभ्रे बहुमुखि क्याम्पसका विधार्थीहरुलाई वित्तीय क्षेत्रको ज्ञान तथा सचेतना बढाउन वित्तिय साक्षरता एवं शेयर सचेतना कार्यक्रम आयोजन गरेको छ ।
त्यस क्षेत्रको विधार्थी वर्गहरुलाई लक्षित गरि वित्तिय क्षेत्रको ज्ञान बढाउन तथा शेयर सम्बन्धी जानकारी प्रदान गर्न उक्त कार्यक्रम आयोजना गरिएको नेपाल एसबिआई बैंकका बनेपा शाखाका शाखा प्रबन्धक भुपेन्द्र मान श्रेष्ठले जानकारी दिए ।
सहभागिहरुले वित्तिय साक्षरता सम्बन्धी विषयमा राखेका जिज्ञासामा शाखा प्रबन्धक भुपेन्द्र मान श्रेष्ठ तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लि. का इन्भेष्टमेन्ट एवं मार्केटीङ प्रमुख सुशान्त खतिवडाले जानकारी दिए ।
विधार्थीहरुले पछिल्लो समय वित्तिय क्षेत्रमा भएका समस्या, बैंकिङ तथा शेयर कारोबार गर्दा हुने फाईदा तथा नागरिकको जिवन निर्वाहमा बैंकले खेल्ने भुमिका बारेमा जिज्ञासा राखेका थिए ।
उक्त कार्यक्रममा त्यस क्याप्पसका क्याप्पस प्रमुख के.जि. बैदार एवं अन्य प्रध्यापकहरुको समेत सहभागिता रहेको थियो ।
Shares