प्रयास नेपाल धादिङको २३ औं बार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
धादिङबेसी । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको २३ औं बार्षिक साधारणसभा धादिङबेसी सम्पन्न भएको छ ।जनजिविका होटलको सेमिनार हल धादिङबेसीमा भएको जिल्ला स्तरीय बार्षिक सामाजिक परिक्षण तथा २३ औं बार्षिक साधारण सभामा संस्थाको ०८०/०८०१ वर्षको आर्थिक तथा प्रगति विवरणको समिक्षा गरिएको थियो ।प्रयास नेपाल धादिङले विभिन्न साझेदार संस्थाहरुको सहयोगमा धादिङ जिल्लाको ११ गाउँपालिका र २ नगरपालिहरुमा शिक्षा ,संरक्षण ,लैगिक तथा सामाजिक समावेशीकरण,उद्यमशीलता ,जलबायु अनुकूलन,संस्थागत सुसासन बिषयगत क्षेत्रमा रहि सामुदायिक विकास कार्य गर्दै आईरहेको जानकारी गराईएको छ ।
सामाजिक लेखा परिक्षण कार्यक्रममा कार्यकारी निर्देशक दामोदर अर्यालले आब २०८०/०८१ मा भए गरेका गतिविधिहरु सहितको बार्षिक प्रगति प्रस्तुत गर्नु भएको थियो । २३ औं बार्षिक साधारणसभाले संस्थाको आगामी आ.ब.०८१÷०८२ निति,कार्यक्रम तथा प्रस्तावित बजेट पारित गरेको छ ।
सामाजिक लेखापरिक्षणमा बिद्यालय, बालक्लब, बाल विकास सहजकर्ता, अभिभावकहरु लगायत बिभिन्न क्षेत्रमा सरोकारवालाहरु,वडाध्यक्षहरुले संस्थाले गरेका कामको प्रशंशा, सुझाव तथा सल्लाह दिएका थिए । सामाजिक लेखापरिक्षण कार्यक्रमको रेडियो धादिङ र राजमार्ग रेडियोबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।साधारणसभामा संस्थालाई श्रोत खोजी तथा सूचना जानकारी र दस्तावेज लेखनमा सहयोग गर्ने नविन महर्जन, फिल्ड कर्मचारी मध्येबाट फिल्ड कार्यक्रम अधिकृत मध्येबाट सुरज श्रेष्ठ र लेखापाल राजन रिजाल र उत्कृष्ट सदस्य सम्मानबाट राम प्रसाद रिजाल सम्मनित हुनु भएको रेष्टन कंडेलले जानकारी दिनु भयो ।साधारणसभा जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान बिश्वकर्मा, बेनीघाट रोराङका गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक), गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्त बहादुर तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्याल , सिद्धलेक गाउँपालिका उपाध्यक्ष सविता अर्याल,गौसस जिल्ला अध्यक्ष शालिकराम दुवाडी,जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक ,शिक्षा विकास तथा समन्वय ईकाईका निमित्त प्रमुख कृष्ण कुमार श्रेष्ठ , चाईल्ड फण्ड जापानका यरिया मेनेजर दल बहादुर सुनार , आड्रा नेपालका कार्यक्रम अधिकृत दिलिप चन्द्र ढकाल र जिल्लामा कार्यरत स्थानीय गैरसरकारी संस्थाका प्रतिनिधिहरु लगायत आतिथ्यता रहेको साधारणसभा तथा जिल्ला स्तरीय सामाजिक लेखा परिक्षण कार्यक्रम संस्थाका अध्यक्ष विर बहादुर श्रेष्ठकोे अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरु साझेदार संस्थाका प्रतिनिधीहरु,संस्थाका सदस्यहरु,लक्षित समुदायका प्रतिनिधीहरु,संचारकर्मीहरु लगायतको ९७ जनाको उपस्थिति रहेको प्रयास नेपाल धादिङका संस्थापक उपाध्यक्ष कपिलदेव सापकोटाले जानकारी दिनु भयो ।
Shares