ट्रेड टावरले आईपीओ निश्कासन गर्ने, बोलायो साधारणसभा
काठमाडौं । ट्रेड टावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । ट्रेड टावरले आईपीओ जारी गर्ने प्रस्तावसहित मङ्सिर १२ गते गौशाला स्थित होटेल क्रिस्टल पशुपतिमा साधारणसभा बोलाएको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु छलफल गरी पारित गर्ने र कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०८१/८२ को लेखापरिक्षण कार्यको लागि लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गर्नेछ ।
त्यसै गरी कम्पनीले सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनहरु गर्ने, सर्वसाधारणका लागि साधारण शेयर (आई.पि.ओ.) निष्काशन, कम्पनीले संचालन तथा विकास गरिरहेको परियोजनाहरुको लागि बंकै तथा अन्य वित्तिय संस्थाहरुबाट लिने आवश्यक कर्जा कम्पनी ऐन, २०६३ को दफा १०५ (ख) अनुरुप तोकिएको सिमा भन्दा बढी भएमा त्यस्तो कर्जा सापटी लिने अख्तियारी संचालक समितिलाई दिने, कम्पनीले संचालन तथा विकास गरिरहेको परियोजनाहरूको लागि लागि आवश्यक छोटो अवधीको कर्जा सम्बन्धमा, अन्य कम्पनीसंग मर्जर गर्ने, DDA गर्ने, मर्जरको सम्झौता गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनीको नियमन निकायहरु, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी अद्यावधिक गर्दा तथा कम्पनीको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन आवश्यक भएमा आवश्यक कार्य गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।
Shares