नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ सालको दोस्रो त्रैमासिक समिक्षामा गरेका नितिगत परिवर्तन र यसको असरहरु
नेपाल राष्ट्र बैंकले आ.ब. २०८०/८१ सालको दोस्रो त्रैमासिक समिक्षामा गरेका नितिगत परिवर्तन र यसको असरहरु:
१. ब्याजदर करिडोर अन्तर्गतका दरहरु, अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत । असर: केही नहूने ।
२. ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याईने। असर: अन्तर बैंक ब्याजदर र अन्य ब्याजदरको उतार चडाब केही न्युन हुने ।
३.संस्थागत मुद्धति निक्षेपको ब्याजदर निर्धारण गर्दा ब्यक्तिगत मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुले न्यून राखी तय गर्न पाउने । असर: हाल २% विन्दुले फरक पार्नु पर्ने व्यवस्थाले संस्थागत निक्षेपकर्ताहरुले पाउने ब्याजदर औषतमा ५.७१% थियो, यो दरमा बृद्दी हुदा ईन्सोरेन्स कम्पनी जस्ता संस्थागत निक्षेपकर्ताको ब्याज आम्दानी बढ्ने र बैंकहरुको ब्याज खर्च केही बढ्ने तर घटिरहेको ब्याजदरको बेला नेपाल राष्ट्र बैंक को सही नितिगत निर्णय ।
४. कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको रु.२ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिने । असर: Regulatory retail portfolio को सिमा रु १ करोड़ बाट बढ़ाएर रु २ करोड गर्दा बैंक हरुको पुजिकोषमा केही राहत हुने। बैकहरु को पोर्टफोलियो हेरेर ०.०५% देखि ०.२% सम्म पुजिकोषमा थप हुने अनुमान ।
Shares