ललितपुरको जावलाखेलमा दशैं विशेष “जावलाखेल हाट बजार“ संचालनमा

अर्थकागज
प्रकाशित: ०९ असोज २०८२
Image description

ललितपुर । ललितपुर महानगरपालिको मुटु जावलाखेल चोक अवस्थित पार्कमा दशैं विशेष “जावलाखेल हाट बजार“ संचालन भएको छ । ललितपुर महानगरपालिका वडा नं ४ कार्यालयको आयोजनामा विल्ड नेपाल म्यानेजमेन्ट द्वारा यही असोज ९ गतेदेखि १० र ११ गतेसम्म ३ दिने “जावलाखेल हाट बजार“ संचालन ल्याएको वडा नम्वर ४ का वडा अध्यक्ष सन्तोष खड्काले बताएका छन् । 

दशैं विशेष ३ दिने “जावलाखेल हाट बजार“ संचालन भएको हुँदा सम्पुर्ण वडावासीमा उक्त हाट बजारमा सहभागी भइ स्वदेशी उत्पादन र स्वदेशमा स्वरोजगारार्थ प्रोत्साहन र साथ दिन वडा अध्यक्ष खड्काले आग्रह गरेका छन् । दिउसो १ बजे देखि बेलुकी ७ बजे सम्म सञ्चालन हुने हाट बजारमा विविध प्रकारका कृषि उपज घरेलु हस्तकलाका सामग्री र स्थानीय परिकारहरू समावेश छन् । 

यस ललितपुर महानगरपालिका वडा नं ४ मा वडा अध्यक्ष सन्तोष खड्का निर्वाचित भएसँगै स्थानीय विकासले समाजको स्वरुप नै परिवर्तन भएको छ । विकास निर्माणमा स्थानीयवासीको सहभागिता र सहकार्यले अध्यक्ष खड्काको चर्चा दिनप्रतिदिन चुलिदै आएको छ । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर