महिला लघुवित्त वित्तीय संस्था सातौं वर्षमा प्रवेश


काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेड सातौं वर्षमा प्रवेश गरेको छ । विगत ६ वर्षदेखि समुहगत ग्राहक सदस्यहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको यस संस्थाले स्थापनाको छैठौं वर्ष पुरा गरी आज अर्थात कार्तिक १ गतेदेखि सातौ वर्षमा प्रवेश गरेको हो ।
सातौ वर्षमा गरेको अवसरमा संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्ण प्रसाद न्यौपानेले भने-'हामीलाई सहयोग तथा सुझाव दिनुहुने सम्पूर्ण नियमनकारी निकाय, सोकारवाला संघसस्थाहरु तथा विज्ञ व्यक्तिहरु, वित्तीय बजारमा विश्वसनीय तथा प्रभावकारी वातावरण निर्माण गर्न सहयोग पुर्याउने संचार क्षेत्र, मैत्रीपूर्ण प्रतिस्पर्धा गरिरहेका वित्तीय संस्थाह, संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरु प्रति हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दै आगामी दिनमा समेत यस्तै प्रकारको सहयोग सद्भाव र सुझावको अपेक्षा गर्दछु ।'
त्यसै गरी सातौ वर्षमा प्रवेश गरेको अवसरमा संस्थाको संचालक समितिका अध्यक्ष तारा कुँवरले संस्थाका ग्राहक सदस्य, सेवाग्राही तथा सेयरधनीप्रति हार्दिक आभार प्रकट व्यक्त गर्नु भएको छ ।
Shares