विद्युत् उत्पादन बढेसँगै दैनिक ४ सय मेगावाट विजुली भारत निर्यात

अर्थकागज
प्रकाशित: १७ जेठ २०८१
Image description

खोला तथा नदीहरुमा पानीको बहाव बढेसंगै विद्युत् उत्पादनमा वृद्धि हुन थालेपछि भारतर्फ निर्यात सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको बिजुली सोमबारबाट भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा बिक्री सुरु गरेको छ ।

प्राधिकरणका अनुसार अहिले दैनिक रुपमा ४ सय मेगावाटको हाराहारीमा बिजुली भारत निर्यात भइरहेको छ ।

चालु आर्थिक वर्ष २०८०र८१को साउनदेखि हालसम्म १३ अर्ब ४७ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा निर्यातभन्दा १ अर्ब ७४ करोड रुपैयाँको बढी विद्युत् आयात गरेको हो । यस अवधिमा १ अर्ब ४९ करोड २९ लाख युनिट विद्युत् निर्यात गरिएको हो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर