नेशनल लघुवित्तले एफपीओ जारी गर्ने
प्रकाशित:
०२ साउन २०८१
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले फर्दर पब्लिक ईस्यु (एफपीओ) निष्कासन गर्ने भएको छ ।
लघुवित्तको संस्थापक र सर्वसाधारणको शेयर पुँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न आर्थिक वर्ष २०७९/८० को वोनस शेयर वितरण पश्चात् कायम हुने संस्थापक र सर्वसाधारणको शेयर पुँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको जम्मा ६,६९,९००.२७ कित्ता साधारण शेयर थप सार्वजनिक निष्काशनको माध्यमबाट शेयर जारी गर्नकोलागि निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । सो सम्झौतापत्रमा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रियाहरू
Rupesh Chaurasiya
1 year ago
Good 👍
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares