कृषि विकास बैंकको नाफामा उछाल, घट्यो खराब कर्जा
प्रकाशित:
०६ वैशाख २०८१
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकको नाफामा उल्लेख्य बृद्धि देखिएको छ ।
समिक्षा अवधिमा बैंकले २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९७.२२ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि १५.३१ प्रतिशतले बढेको छ भने बैंकको खुद सञ्चालन आम्दानी ६ अर्ब ७९ करोड रहेको छ । बैंकको खराब कर्जा ४.२० प्रतिशतबाट घटेर ३.३० प्रतिशतमा झरेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९३ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २२२ रुपैयाँ ८५ पैसा रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares