यहाँबाट हेर्नुहोस् दरमखोला हाइड्रोको आईपीओको नतिजा

अर्थकागज
प्रकाशित: २९ साउन २०८२
Image description


काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको निष्काशन गरेको आईपीओको बाँडफाँड भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको केन्द्रिय कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीले साउन १५ देखि साउन १९ गतेसम्म आम सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणलाई २४ लाख २३ हजार १ सय ८५ कित्ता सेयर निष्काशन गरेको थियो।क्यापिटलका अनुसार यस आईपीओमा २२ लाख ९६ हजार ४ सय ६५ जनाबाट २ करोड ६४ लाख ९८ हजार ५ सय ९० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये २२ लाख ८३ हजार २ सय २६ जनाको मात्र आवेदन योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर निष्काशन हुने छ ।

जसमा २ लाख ४२ हजार ३ सय १८ जनाले मात्र सेयर पाएका छन् । यी मध्ये ५ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।

कहाँबाट नतिजा हेर्ने ?

कम्पनीको आईपीओ विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको वेबसाइट https://lscapital.com.np/ipo/#/ipo-result, सिडीएससीको मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

प्रतिक्रियाहरू

Manju karki

8 months ago

.

Manju karki

8 months ago

.

Manju karki

8 months ago

.

Rakesh Maharjan

8 months ago

IPO result

Rakesh Maharjan

8 months ago

IPO result

सम्बन्धित खबर