नेप्सेमा दुई जलबिद्युत कम्पनीको सेयर मूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा जलबिद्युत कम्पनीको मूल्य समायोजन भएको छ । नेप्सेमा बलेफी हाइड्रोपावर र लिबर्टी इनर्जी कम्पनीको सेयरमूल्य समायोजन भएको हो।
हकप्रद प्रयोजनार्थ दुबै कम्पनीले आज कार्तिक २१ गते बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
बलेफी हाइड्रोपावरको १०० प्रतिशत हकप्रदपछि नेप्सेले प्रतिकित्ता ३०६ रुपैयाँ ६० पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ५ सय १३ रुपैयाँ २० पैसाकम आधारमा मूल्य समायोजन गरेको हो । समायोजित मूल्यमा आज बुधबार दोस्रो बजारमा सेयर कारोबार खुल्नेछ।
त्यस्तै लिबर्टी इनर्जीको ५० प्रतिशत हकप्रदपछि नेप्सेले प्रतिकित्ता २१७ रुपैयाँ २३ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २ सय ७६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । समायोजित मूल्यमा बुधबार दोस्रो बजारमा सेयर कारोबार खुल्नेछ।
Shares