माण्डु हाइड्रोपावरको साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांश पारित

प्रकाशित:
१४ असोज २०८१

काठमाडौँ । माण्डु हाइड्रोपावर लिमिटेडको १३ औं बार्षिक साधारणसभा आज अर्थात असोज १४ गते नेपा ब्यांकेट, नयाँ बजारमा सम्पन्न भएको छ । सभाले नाफाबाट सेयरधनीलाई कर सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यसै गरी सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षि प्रतिवेदन, वासलात, नाफा नोक्सानमा छलफल गरी पारित गर्नुको साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पारित गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ भदौ ३१ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको थियो । केही दिन अघि आएको बाढीले यस अयोजनामा क्षति भएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares