बल्खुमा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबिच झडप, प्रहरीले हान्यो पानीको पोहोरा र अश्रुग्यास
प्रकाशित:
०६ मंसिर २०८०
काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ ।बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
प्रहरीले अश्रुग्यास र पानीको पोहोरा हानी प्रदर्शनकारीलाई नियन्त्रणमा लिइ रहेको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप भैरहेको छ । अहिले प्रहरीले बल्खुचोक कब्जा गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares