झ्यामोलोङ्गमा हाइड्रोपावारले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एल एस क्यापिटल

अर्थकागज
प्रकाशित: २४ माघ २०८०
Image description

काठमाडौं । झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीआ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनको लागि एल एस क्यािपटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

साधारण सेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट कार्यकारी संचालक सुनिल नारायण श्रेष्ठ तथा एल एस क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले कम्पनीको करर्पाेरेट कार्यालय कुपन्डोल, लिलितपुरमा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

माछापुच्छ्रे, गाउँपालीका, कास्की जिल्लामा ३२ मे.वा. क्षमता रहेको करुवा सेती हाइड्रोपावर आयोजना निर्माण गरी आइरहेको झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वसाधारणहरुको लागि १ सय अकिंत दरको साधारण सेयर ५१,००,००० कित्ता (आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेत) का लागि निष्काशन गर्नेछ । 

जारी पूँजी रु.२ अर्ब ५५ करोड रहेको झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट लिमिटेडले करुवा सेती हाइड्रोपावर आयोजना निर्माण कार्य करीब ८५ प्रतिशत सम्पन्न गरिसकेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भए पश्चात यसै आर्थिक वर्ष भित्र विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण योजना समेत कम्पनीको रहेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर