युनाईटेड मोदी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
प्रकाशित:
१० पुस २०८०
काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनको लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरको छ ।
आज अर्थात पुष ११ गते सिटिजन्स क्यापिटल लिमिटेड र युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडबीच हाइड्रोपावरको साविकको सेयरधनीहरुको लागि हकप्रद सेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष नरेन्द्र बल्लभ पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रमा युनाईटेड मोदी हाइड्रोपावरका वित्त निर्देशक रोमन दंगालको पनि उपस्थिति रहेको थियो ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेड मार्फत निकट भविष्यमा युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर साधारणसभाबाट पारिद भए पश्चात निष्काशन हुनेछ ।
युनाईटेड मोदी हाइड्रोपावर लिमिटेड अन्तर्गतको पर्वत जिल्लामा अवस्थित रहेको १० मेगावाट उत्पादन क्षमता रहेको “तल्लो मोदी–१ जलविद्युत आयोजना” २०६९ मंसिर देखि नै संचालनमा आईसकेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares