भगवती हाइड्रोपावरको प्रिमियम आइपीओमा आवेदनको ओइरो
कठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जारी गरेको साधारण सेयर (आईपीओ) मा आवेदनको ओइरो लागेको छ ।
केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि)का अनुसार बुधबार साँझासम्म ७ लाख ७२ हजार ३५४ जनाले ८६ लाख ६० हजार १५० जना आवेदकले ८६ लाख ६० हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । आइपीओमा १ अर्ब ४५ लाख ७७ हजार ४०० रुपैयाँ बराबरको आवेदन परेको छ ।
कम्पनीलेफेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले सर्वसाधारणका लागि ७ लाख १२ हजार २२० कित्ता सेयर निष्कासन गरेको छ ।
कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ छ । यसको १५% ले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १०% अर्थात ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री भइसकेको छ । यस्तै, ५% (४२ हजार ९०५ कित्ता) सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ भने २% अर्थात १७ हजार १६२ कित्ता सेयर कर्मचारीलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याइएको हो ।
यसमा भदौ ८ गतेसम्म आवेदन दिन सकिन्छ । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
Shares