मिड सोलु हाइड्रोपावरको १५ प्रतिशत लाभांश घोषणा
प्रकाशित:
०५ असोज २०८३
काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको असोज ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
जस अनुसार कम्पनीले आ.व. २०८२/८३ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। हाल कम्पनीको चुक्ता पुँजी ८६.०६ करोड रहेको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares