नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

अर्थकागज
प्रकाशित: १० माघ २०८१
Image description

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यस दिन नेप्सेले इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ७६० रुपैयाँ ९ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता ८३६ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर