नेपाल एसविआई बैंकले डाक्यो साधारणसभा, कहिलेसम्म सेयर किन्दा पाइन्छ लाभांश ?


काठमाडौं । नेपाल एसविआई बैंक लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीको मंशिर १८ गते बसेको संचालक समितिको बैठकले लाभांश पारितको एजेण्डासहित बार्षिक साधारणसभा आह्वान गरेको छ ।
बैंकको ३१ औँ बार्षिक साधारणसभा पुस २१ गते त्रिभुवन आर्मि अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १०.६५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो जसमा ३.८० प्रतिशतका दरले बोनश सेयर तथा ६.८५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनका लागि समेत) रहेको छ । सभाले लाभांशसहित अध्यक्षको बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, चालु आर्थिक बर्षका लागि लेखापरिक्षक नियुक्तिको प्रस्ताव सहितका अन्य प्रस्तावहरु समेत पारित गर्नेछ ।
बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ पुस ७ गतृे बुक क्लोज गर्ने निर्णय गरेको छ त्यसैले पुस ६ गते गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
Shares