सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
प्रकाशित:
३२ असार २०८३
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ३१ सयले घटेर तोलाको २ लाख ८२ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ८५ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२५ रुपैयाँले घटेर तोलाको ४२०० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४३२५ मा कारोबार भएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares