मर्चेन्ट बैंकर एसोसिएसनको अध्यक्षमा रायमाझी

अर्थकागज
प्रकाशित: १५ असोज २०८१
Image description

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको अध्यक्षमा एनआइसी एसिया क्यापिटलका रामेन्द्र रायमाझी निर्वाचित भएका छन् । संस्थाको सोमबार सम्पन्न वार्षिक साधारणसभाले रायमाझीको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।

त्यस्तै, उपाध्यक्षमा नबिल इन्भेस्टमेन्ट बैंकका मनीषनारायण जोशी, महासचिवमा गरिमा क्यापिटलका निर्मल भट्टराई र कोषाध्यक्षमा एनआइएमबि एस क्यापिटलका शिवान्तबहादुर पाण्डे चयन भएका छन् । साथै, कार्यसमिति सदस्यमा सन्दीप कार्की (सिद्धार्थ क्यापिटल), लेखनाथ पोखरेल (नेपाल एसबिआई मर्चेन्ट) र पुष्पा शर्मा (कुमारी क्यापिटल) रहेका छन् ।

विभिन्न मर्चेन्ट बैंकिङका प्रतिनिधि सामेलसमेत रहेका उक्त नयाँ कार्यसमिति सदस्यहरू नेपालमा मर्चेन्ट बैंकिङको भूमिकालाई प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । उक्त समितिको मुख्य ध्यान पुँजी बजारको पहुँचमा सुधार, दिगो वित्तीय अभ्यासलाई प्रोत्साहन तथा नियामक निकायहरूसँग सम्बन्ध मजबुत पार्नेमा केन्द्रित रहने बताइएको छ ।

नवनिर्वाचित समितिले वित्तीय क्षेत्रका सरोकारवाला र नियामक निकायसँग नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको सहकार्यलाई अझ बलियो बनाउन लक्ष्य राखेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर