मोलुङ्ग हाईड्रोपावरले डाक्यो २ बर्षको साधारणसभा, लगानीकर्ताको हात खाली


काठमाडौं । मोलुङ्ग हाईड्रोपावर कम्पनी लिमिटेडले एकै पटक २ आर्थिक बर्षको साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ १९ गते बसेको संचालक समिती बैठकले आर्थिक बर्ष २०७९/८० र २०८०/८१ को साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।
कम्पनीको २ वटै आर्थिक बर्षको साधारणसभा बार्षिक साधारणसभा असोज १८ गते बिहान ९ बजेदेखि बाघभैरब ब्याङ्क्वेट किर्तिपुर काठमांडौमा सुरु हुनेछ । कम्पनीले दुईवटै आर्थिक बर्षमा लगानीकर्तालाई लाभांश भने वितरण गर्ने छैन । सभाले संस्थापक समूहमा ४ जना तथा सर्वसाधारण समूहमा २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्नुहुन वित्तीय विवरण सहितका आ.व. २०७९/०८० २०८०/०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आ.व. २०७९/०८० र २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन र सोही आ.व. को वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसुचिहरू अनुमोदन गर्ने, आ.व. २०८०/०८१ को लागि लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक तोकेको हुँदा सोलाई अनुमोदन गर्ने र २०८१/०८२ का लागि लेखापरीक्षण नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ असोज २ गते बुकक्लोज गर्नेछ त्यसैले असोज १ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा सहभागि हुन सक्नेछन् ।
Shares