विकाश हाइड्रोपावरको आईपीओमा आवेदनको ओइरो, माग भन्दा ८.७ गुणा बढी आवेदन पर्दा पर्ने संभावना न्यून
प्रकाशित:
२१ असार २०८२
काठमाडौं । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदनको ओइरो लागेको छ । आज अन्तिम दिनसम्म कम्पनीको आईपीओमा माग भन्दा ८.७ गुणा बढीको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरङ लिमेटड अनुसार आज अन्तिम दिन आइतबार साँझ ५ बजेसम्ममा २१ लाख २० हजार ८ सय ७५ जना आवेदकले २ करोड ५६ लाख २७ हजार १ सय १० कित्ताको लागि आवेदन दिएका हुन् । यद्यपि यो प्रारम्भिक तथ्यांक हो । अझै आवेदनको संख्या बढ्नेछ । कम्पनीले सर्वसाधारणलाई २९ लाख ४२ हजार ७ सय ६० कित्ता सेयर निष्काशन गरेको थियो । यो माग भन्दा ८.७०८ गुणा बढीको आवेदन हो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares