१०० प्रतिशत हकप्रद निष्काशनको प्रस्तावसहित बुद्धभुमी नेपाल हाइड्रोले डाक्यो विशेष साधारण सभा

अर्थकागज
प्रकाशित: १५ जेठ २०८१
Image description

हकप्रद सेयर निष्काशनको प्रस्ताव सहित बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । कम्पनीको जेठ १४ गते बसेको संचालक समिती बैठकले बिशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ अर्थात १०० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न जेठ ३० गते बुधबार बिहान १० बजे बजे कम्पनीको रजिष्टर्ड कार्यालय पानीपोखरी काठमांडौमा बिशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।

सभाले हकप्रद निष्काशनको प्रस्तावसहित पुँजी बृद्धिको प्रस्ताव समेत पारित गर्नेछ । कम्पनीले विशेष साधारणसभा प्रयोजनार्थ जेठ २३ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले जेठ २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र सभामा सहभागी हुन सक्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर