नेपाल एसबीआई बैंकको नाफामा छलाङ, लाभाश क्षमता ३३.३६ प्रतिशत

अर्थकागज
प्रकाशित: ०५ कात्तिक २०८१
Image description

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा बैंकको खुद नाफामा बृद्धि देखियको छ ।

असोज मसान्तसम्ममा बैंकले ८१ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.०१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४७ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यो अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी २.४३ प्रतिशत घटेको छ भने सञ्चालन आम्दानी ७८.२३ प्रतिशतले बढेको छ । समिक्षा अबधी सम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८६ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर लाभांश वितरण क्षमता ३३.३६ रुपैयाँ रहेको छ ।नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि बृद्धि आयको छ। समीक्षा अवधिमा बैंकको ईपिएस बढेर ३१ रुपैयाँ ३ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १९३.४६ रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा घटेर १.८४ प्रतिशत पुगेको छ गत आर्थिक वर्षमा बैंकको खराब कर्जा २.३५ प्रतिशत रहेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर