धितोपत्र बोर्डको अध्यक्षका लागि छानिए पाँच जना, कसको संभावना बलियो ?

अर्थकागज
प्रकाशित: २७ चैत २०८०
Image description

लामो समयदेखि रिक्त रहेको सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम सर्टलिस्ट भएको छ । बोर्डमा रिक्त अध्यक्ष पदमा आवेदन दिएकामध्ये पाँच जनाको नाम छनोट गरिएको हो । छनोट हुनेहरूमा कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठ रहेका छन् ।

नोटमा परेकामध्ये कृष्णबहादुर कार्की नेपाल स्टक एक्सचेन्ज(नेप्से) का प्रमुख कार्यकारी अधिकृत, चिरञ्जीवी चापागाईं बिमा समितिका पूर्वअध्यक्ष हुन् भने डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठ बोर्डकै निर्देशक हुन् ।

प्रस्तुति र अन्तर्वार्ताका आधारमा अब तीन जनाको छनोट हुने छ भने दुई जना बाहिरिने छन् । यसरी छनोट भएका तीन जनामध्येबाट एक जनालाई नेपाल सरकार, मन्त्रीपरिषद् बैठकले बोर्डको नयाँ अध्यक्षका रूपमा नियुक्त गर्ने छ । हाल सर्टलिस्टमा परेका ५ जनामध्य नेप्सेका प्रमुख कार्यकारी अधिकृत कार्की माओवादी निकट भएकाले पनि अहिले उनको संभावना बलियो रहेको स्रोतको दावी छ ।

कार्की माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्री रहेको समयमा नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । पटक पटक एउटै व्यक्तिलाई अवसर दिन नहुने भन्दै पार्टी भित्रै कुरा उठन थालेको छ। तर पनि उनलाई अन्तिम पाँच सम्म पुर्‍याउनु पर्ने बाध्यता पार्टीलाई परेको स्रोत दाबी गर्छ।

सरकारले अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो ।अध्यक्षबाट रमेश हमाल बाहिरिएपछि बोर्ड सञ्चालक समितिले अध्यक्ष पद खाली भएपछि आवेदन मागिएको थियो 

प्रतिक्रियाहरू

सम्बन्धित खबर