कुमारी बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थकागज
प्रकाशित: ०७ वैशाख २०८१
Image description

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकको नाफामा बृद्धि देखिएको छ ।

समिक्षा अवधिमा बैंकले २ अर्ब २६ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.६० प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि १२.६७ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी पनि ६०.९० प्रतिशतले बढेको छ । त्यसैगरी, सञ्चालन मुनाफा पनि २१.६० प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.९७ प्रतिशतबाट बढेर ४.९५ प्रतिशत पुगेको छ ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब २० करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहको छ ।

बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३५ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ५२ पैसा रहेको छ । त्यसैगरी, चैत्र मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २५.७३ गुणा रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर