सिटिजन्स लाइफको आईपिओ आज २ बजे बाँडफाँड हुँदै


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड आज हुन भएको छ ।
धितोपत्र निश्कासन तथा बिक्री प्रवन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको अनुसार दिउँसो २ बजे क्यापिटलको आफ्नै भवन लाजिम्पाट काठमाडौंमा हुने भएको हो । आईपीओको सोमबार प्रि अलटमेन्ट सम्पन्न भैसकेको छ ।
सरकारले दिने सार्वजनिक विदाको दिन आज भएपछि क्यापिटलको आईपीओ बाँडफाँडको टिम आएर बाँडफाँड गर्ने क्यापिटलले अर्थ कागजलाई बताएको छ ।
कम्पनीले जारी अंकित मूल्य १ अर्ब १२ करोड ५० लाख बराबरको सर्वसाधारण समूहको सेयर प्राथमिक सार्वजनिक निश्कासन गरेको मध्ये ५ प्रतिशत (५,६२,५०० कित्ता) कर्मचारीहरुलाई र ५ प्रतिशत (५,६२,५०० कित्ता) सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १ करोड १ लाख २५ हजार कित्ता सर्वसाधारणका लागि जारी गरेको थियो ।
कम्पनीले जारी गरेको सेयरमा १५ लाख ४१ हजार ९१४ जना आवेकबाट आवेदन परेको छ । कम्पनीले भदौ १५ गतेबाट भदौै १९ गतेसम्म आईपी जारी गरेको थियो ।
Shares