क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

अर्थकागज
प्रकाशित: २७ चैत २०८१
Image description

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ आज सूचीकृत भएको छ । नेप्सेको अनुसार कम्पनीको चुक्ता मूल्य १ सय रुपैयाँका दरले ७५ लाख कित्ता आइपीओ सूचीकृत भएको हो ।

कम्पनीको ओपनिङ रेन्ज एक सय रुपैयाँ ८६ पैसादेखि ३०२ रुपैयाँ ५६ पैसासम्म्म तोकेको छ । आज सूचीकृत भएको आइपीओ भोलि अर्थात बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर