सोल्टी होटलको नाफा बढ्यो, अन्य अवस्था कस्तो ?

अर्थकागज
प्रकाशित: २७ माघ २०८०
Image description

काठमाडौं । सोल्टी होटल लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

समीक्षा अवधिमा होटलले २६ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६४ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले २५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा होटलले १ अर्ब ५ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४४ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले ९६ करोड १ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यस अवधिमा होटलको कुल खर्च १२.०८ प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी ३.८२ प्रतिशत बढेको छ। समीक्षा अवधिमा होटलको वित्तीय खर्च भने ८५.१८ प्रतिशत घटेको छ। ८८ करोड ४७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको होटलको जगेडा कोषमा १ अर्ब ४८ करोड ४८ लाख रुपैयाँ रहेको छ । होटलको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९५ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २६ रुपैयाँ ७८ पैसा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर