सेयरबजार तल वा माथि के गर्छ होला ? ॲाखा बन्द गरेर दिमागले मात्र एक पटक सोचौ त ! (सुवास चन्द्र भट्टराईको बिचार)

अर्थकागज
प्रकाशित: ३० असार २०८२
Image description

१) बैकको व्याज घटेर तल आएको छ! अझ घट्ने छ बचत को व्याजदर … जस्ले गर्दा ऋण सस्तो हुने छ!

२) रेमिटेन्सको वृद्धि लगातार बढेको छ! विदेशी युवा अझ बढि छ! रेमिटेन्स बढने नै छ! शिक्षा, ज्ञान , पॅूजी लिएर फर्कनेछन ९०% युवाहरु…. देशको माटोको सुगन्ध … काहि मिल्दैन!

३) देशमा नेता खराव मात्र छन त! के देश विकाश भएको छैन! संचारको र राजनीतिको क्षेत्रमा नेपाल Top देश मै पर्छ! बाटो बनिरहेका छन!

४) कम्पनीको खुम्चेको मुनाफा … मौर्द्रिक नीतिको सहजतामा बढने छ!

५) साना जमिनको टुक्रा , घर घडेरी हरु किनबेच राम्ररी सुरु हुदॅा … निर्माण साम्रगीको बिक्री राम्रो हुनेछ!

६) पर्यटक भित्राउन सकिने बिभिन्न आघार छन! राज्यले ध्यान दिन जरुरी छ!

७) लॅाभास दिने कम्पनी को मुल्य तल नै छ! आजको लागि मात्र होईन ! भोलिको सुनको अण्डा दिने कम्पनी पनि छन बजारमा !

८) विश्व बजारका लगानीकर्ता भित्राउन सक्ने मुलुक अहिले छैन ! तर भित्राउने छ! नेता र नीतिनिर्माता संग Vision नपुगेको मात्र हो! अहिले पनि नेपाली विदेश घुम्न जादा $3000 को साट्टो $2500 कायम गरेर … थोरै जोखिम मोलेर ! विदेशी

संचिती यति भएको बेला वैदिशिक संस्थागत लगानीकर्ता बाट Trading को लागि $1/2 अरब सम्म ल्याउन दिई २ अरब पॅूजी भन्दा बढि भएका कम्पनीको १०% सम्म Hold गर्ने मिल्ने (Guideline लागु हुने देश अनुसार १% भन्दा बढि हुन नमिल्ने) नीति बनाउन सक्नो मुलुक भएको छ!

९) Mass सहभागी भई टोटल जनसंख्याको २३% ले Demat Account खोलेको का छन! अझ खोल्ने छन! …. बजारमा सेयर को चर्चा हुन्छ! Liquid assets भित्र पर्नै पॅूजीबजारलाई Real Estate 🏡 का लगानीकर्ताले जग्गालाई पैसा मा बदल्न गार्हो भएको महसुस गरे ! अव जग्गा बेचेर पनि सेयरमा पनि लगानी गर्ने छन!

१०) १८-३०बर्ष को युवाहरु ले Total Demat holders मा ३२% ओगटेका छन! यी युवाकालमा नै बजार आए…. यिनीहरुले कहि पैसा कमाउने साथ सेयर नै जोड्ने छन! यी महत्वाकाक्षी , अल्पज्ञानी , Immature छन! परिपक्कता आउने साथ Returns Based कम्पनी नै आफनो Portfolio मा राख्ने छन! मकैको डाढ र उखुको लाक्रो छुट्टाउन सक्ने छन! Organic र रसायनिक कम्पनी बुझ्नेछन!

११) पछि Retirement Fund को लागि सेयर किन्दै किन्दै pension Fund बनाउने कला हामीहरुले सिकाएको छौ! जो short term को उत्तारचढावलाई मतलब गर्दैनन! SIP को पनि वृद्धी भएको छ!

१२) Market capitalization बैज्ञानिककरण गर्न सबै सेयर कि त Floating हुनु पर्यो सजिलै नत्र Public and public को % मिलाएर नै नॅया वा Adjusted वा बजार 4181 गएको वेला मिलाउनु पर्यो!

१३) बजार घट्दा मलाई गाली गरेर पनि सन्तुष्ट मेटन सकिन्छ! बजार बढे आफनो portfolio हेरेर रमाउन सकिन्छ! win win situations छ लगानीकर्ता को लागि ….

जय पॅूजीबजार जय लगानीकर्ता

प्रतिक्रियाहरू

गेल्बु शेर्पा

9 months ago

इन्भेस्ट १० बर्ष पछी हेर्ने

सम्बन्धित खबर