अकामा होटलले आईपीओ जारी गर्न बोलायो विशेष साधारणसभा

अर्थकागज
प्रकाशित: १५ फागुन २०८१
Image description

काठमाडौं । अकामा होटल लिमिटेडले विशेष बार्षिक साधारणसभा बोलाएको छ । फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकअनुसार सभा चैत ३ गते कम्पनीको रजिष्टर्ड कार्यालय धुम्बाराही, काठमाडौंमा विशेष बार्षिक साधारणसभा बस्ने तय भएको हो ।
सभाले कम्पनी ऐनअनुसार अंकित मूल्य परिवर्तन गर्ने, सर्वसाधारण शेयर जारी गर्ने र सोसम्बन्धी कार्यका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर