महालक्ष्मी विकास बैंकले ल्यायो ‘भिजा थ्रिडी सेक्योर्ड कार्ड’

अर्थकागज
प्रकाशित: २० असोज २०८१
Image description

महालक्ष्मी विकास बैंकले डलर तथा एनपीआर कार्डहरुमार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा थ्रिडी सुविधा थप गरेको छ। नेपालमा यस्तो सुविधा प्रदान गर्ने विकास बैंकहरुमध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको छ।

यस सुविधा थप गरेसँगै ग्राहकहरुले गर्ने अनलाइन कारोबारको सुरक्षा तहमा थप वृद्धि हुनेछ, जसले गर्दा ग्राहकहरुको आफ्नो कार्डको विवरण अनाधिकृत रुपबाट प्रयोग हुनबाट जोगिनेछ भने प्रत्येक कारोबार समेत प्रमाणीकरण हुनेछ।

यस प्रक्रियाअन्तर्गत ग्राहकहरुले डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन कारोबार गर्दा प्रत्येक कारोबारलाई प्रमाणीकरण गर्नको निमित्त इमेल वा म्यासेजमार्फत एक पटक मात्र प्रयोग हुने पासवर्ड (ओटिपी) प्राप्त गर्नेछन्। सो पासवर्ड प्रविष्ट गरेपछि मात्र कारोबार सम्पन्न हुनेछ।

यो सुविधा सुचारु भएसँगै महालक्ष्मी विकास बैंकको ग्राहकहरुलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरु उपलब्ध गराउने नीतिको सफल कार्यान्वयन हुने विश्वास लिएको बैंकले जनाएको छ।

यस्ता छन् थ्रिडी सुविधा थप गर्दाका फाइदाहरु :

यस प्रविधिको प्रयोगबाट अनलाइन कारोबारलाई थप प्रमाणीकरणको आवश्यक पर्ने भएकोले ग्राहकहरु अनलाइनमार्फत हुने ठगीबाट बच्न सक्नेछन्।

ग्राहकहरुको वित्तीय जानकारी सुरक्षित हुने साथै अनाधिकृत पँहुचबाट सुरक्षित हुने भएकोले ढुक्कसँग कारोबार गर्न सक्नेछन्।

रियल टाइममा नै कारोबारको प्रमाणीकरण हुनेछ।

विश्वभर रहेका हजारौँ इ­कमर्श वेभसाइटहरुले भिसा थ्रिडी सुरक्षित रहेका डेबिट तथा क्रेडिट कार्डहरु सजिलै स्वीकार गर्ने भएकोले ग्राहकहरुले जुनसुकै ठाँउबाट तथा जुनसुकै सयममा पनि किनमेल गर्न सक्नेछ्न।


प्रतिक्रियाहरू

सम्बन्धित खबर