दुर्घटनामा घाइते केन्द्र बहादुर कार्कीको उपचारको लागि आर्थीक सहयोग

अर्थकागज
प्रकाशित: ०३ असोज २०८०
Image description

काठमाडौं । ओखलढुंगामा छ महिना अघि भएको दुर्घटनामा घाइते भएका केन्द्र ब. कार्कीको उपचारको लागि आर्थीक सहयोग हस्तान्तरण गरीएको छ ।ओखलढुंगा चिसंखुगढी -३ दियाले कार्की गाउँ घर भई हाल कतारको दोहाको अल जाबर ट्रेनिङ एण्ड कन्ट्राक्टिङ कम्पनीका ह्युमन रिसोर्स डिपर्टमेन्टको एच आर एडमिनिसटर पदमा कार्यरत रहेका राजेश कार्कीले जुटायर उपचारकालागि पठाएको रकम माओवादी केन्द्र ओखलढुंगाका नेता रामकुमार कार्कीले अस्पतालमा पुगेर हस्तान्तरण गरेका हुन् ।

गत २०७९ फागुन २१ गते ओखलढुंगाकाे चिसंखुगढी ३ दियालेमा भएको बोलेरो दुर्घटनामा परि घाईते भएका कार्कीको अवस्था सामान्य देखिएको भए पनि दुर्घटनामा सबैभन्दा जटील अवस्था देखीएको थियाे । टिचिङ अस्पतालमा उपचार सम्भव नभए पछि उनलाई नर्भिक अस्पताल, वीर अस्पताल हुँदै हाल बानेश्वरको आयुस अस्पतालमा उपचार गराइ रहेकाे नेता कार्कीले बताए ।

उनको उपचारमा हाल ४० लाख भन्दा माथि खर्च भइ सकेको र अव आर्थिक अवस्था जटील बन्दै गए पछि घरपरिवारको अनुरोधमा सहयोगी मनहरुमा उनको उपचारका लागि आर्थिक रहयोगका लागि अनुरोध गरीएको र सो अनुरोध पछि बैदेशीक रोजगारीमा रहेका राजेश कार्कीले सहयोग गरेका हुन् ।

यस कार्यका लागि चिसंखुगढी गाउँपालिका वडा नं. ३ का राजेश कार्कीले कतारको दोहाबाट विशेष पहल गरेका थिए । कार्किको पहलमा जममा भएको दुई लाख तीन हजार चार सय दस रुपैँया घाईते उपचारर्थ बिरामी केन्द्र ब कार्कीका बाबु रुद्र बहादुर कार्की र जिवनसंगिनी कल्पना कार्कीलाई अस्पतालमा पुगेर हस्तान्तरण गरीएकाे थियाे ।

हाल कतारको दोहा स्थित अल जाबर ट्रेडिङ एण्ड कन्ट्राक्टिङ कम्पनीमा कार्यरत कार्की र उक्त कम्पनीमा कार्यरत अन्य सहयोगी मनका धनिहरुले कार्कीको उपचारका लागि सहयोग गरेका हुन् ।

उक्त दुर्घटनामा दुइजनाकाे घटनास्थलमै मृत्यु भएकाे थियाे भने छ जना घाइते भएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर