खराब कर्जा घटेसंगै गुराँस लघुवित्तको नाफामा उछाल

अर्थकागज
प्रकाशित: ११ वैशाख २०८१
Image description

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार लघुवित्तको नाफामा बृद्धि देखिएको छ ।

समिक्षा अवधिमा लघुवित्तले २ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ५४ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी पनि ६७.११ प्रतिशतले बढेको छ त्यस्तै लघुवित्तको खुद सञ्चालन आम्दानी ४४.९२ प्रतिशतले बढेर २ करोड ३६ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा ६.८९ प्रतिशतबाट घटेर २.६९ प्रतिशत पुगेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ५६ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २३ पैसा रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर