रुरु जलबिद्युतको ४४ लाख कित्ता सेयरको लक-ईन अवधि सकिदै

अर्थकागज
प्रकाशित: ०१ चैत २०८०
Image description

रुरु जलबिद्युत आयोजनाको ४४ लाख भन्दा बढि कित्ताको लक-ईन अवधि २०८१ बैशाख ३ गते पछि सकिने भएको छ । कम्पनीका संस्थापकको, आयोजना प्रभावित स्थानियका लागि छुट्याइएको र कम्पनीका कर्मचारीहरुका लागि छुट्याईएको गरी कुल ४४ लाख ४४ हजार ९९१ कित्ता सेयरको लकईन अवधि सकिन लागेको हो ।

संस्थापक सेयरधनीहरुको ३९ लाख ४५ हजार ८८८ कित्ता, आयोजना प्रभावित स्थानियहरुको ४ लाख ८९ हजार २४५ कित्ता र आयोजनाका कर्मचारीहरुको ९ हजार ८८५ कित्ता सेयरको लकईन अवधि सकिन लागेको हो ।

उक्त सेयरको लकईन अवधिको समाप्ती पछि साधारण सेयरमा परिणत भई दोस्रो बजारमा कारोबार हुनेछ । कम्पनीको आईपिओ २०७८ बैशाख ३ गते बाँडफाँड गरिएको थियो । आईपिओ बाँडफाँडको ३ बर्षपछि मात्र संस्थापक, आयोजना प्रभावित स्थानिय र कर्मचारीहरुले सेयर बिक्रि गर्न पाउने कानुनी प्रावधान रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर