नेशनल लघुवित्तको नाफा १३६ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा ४४ करोड

अर्थकागज
प्रकाशित: २८ साउन २०८२
Image description

काठमाडौं । नेशनल लघुवित्त वित्तिय संथा लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा संथाको खुद नाफामा उछाल देखियको छ ।

असार मसान्तसम्ममा संथाले ४७ करोड ४० लाख लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३६.३२ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाको यस्तो नाफा २० करोड रुपैयाँमा सिमित थियो।

यो अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी ४४.६० प्रतिशत बढेको छ भने सञ्चालन नाफा १००.४१ प्रतिशतले बढेको छ। ब्याज आम्दानी र संचालन मुनाफामा आएको बढोत्तरीले संस्थाको नाफामा सुधार आएको हो ।

चक्ता पुँजी १ अर्ब ३३ करोड १६ लाख ९ हजार रुपैयाँ र जगेडा कोषमा १ अर्ब ४९ करोड ६ लाख रुपैयाँ जम्मा रहेको संस्थाको समिक्षा अवधिसम्ममा वितरणयोग्य मुनाफा ४४ करोड १ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै संस्थाको प्रतिशेयर आम्दानीमा पनि वृद्धि आयको छ। समीक्षा अवधिमा संस्थाको यस्तो आम्दानी बढेर ३५ रुपैयाँ ६० पैसा पुगेको छ। असार मसान्तसम्ममा संस्थाको प्रतिशेयर नेटवर्थ २४५ रुपेयाँ रहेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर