छुट्ला है ! छ्याङ्दी हाइड्रोपावरको हकप्रदमा आवेदन दिन आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: ११ असार २०८२
Image description

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि निष्कासन गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज (असार १२) अन्तिम दिन रहेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएबमोजिम प्रतिकित्ता १०० रुपियाँका दरले ३८ लाख ९ हजार ७७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । जसबाट ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपियाँ संकलन हुनेछ । हकप्रद निष्कासन प्रयोजनाका लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरिसकेको छ । जेठ १ गतेसम्म कायम शेयरधनीले मात्रै यसमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर