हिमालयन लघुवित्तद्वारा पीडित सरिता शाहीलाई बीमा दाबी रकम भुक्तानी

अर्थकागज
प्रकाशित: २५ माघ २०८०
Image description

काठमाडौं । काठमाडौं तरकेशोर नगरपालिका वाडा नम्वर ८ शेषमतीमा संचालित हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन लघुबित्त बित्तीय संस्था लिमिटेडले बिमा दाबी रकम भुक्तानी गरेको छ । काठमाडौं तरकेशोर ८ मा रहेको हिमालयन लघुबित्त बित्तीय संस्थाको शाखा कार्यालयले मकवानपुर जिल्ला भिम फेदी गाउ पालिका वडा न २ घर भएकी सरिता शाहीलाई शाखा कार्यालय अन्तर्गत केन्द्र न.०४९ को समूह न.३ बाट ६२ हजार ५ सय बिमा रकम उपलब्ध गराएको छ ।

हिमालयन लघुबित्त संस्थाको सदस्यमा आवद्ध सरिता शाहीको श्रीमान प्रेम कुमार शाहीको निधन भएपछि निज सदस्य सरिता शाहीलाई कार्यलयले बिमा बापतको रकम उपलब्ध गराएको हो। सस्थाले लघु बिमा अन्तर्गत संस्थाले नियमानुसार कर्जाको तिर्न बाकी सावा ब्याज मिनाहा गरि कर्जा बिमा अन्तर्गत सदस्य सरिता शाही को पतिको निधन पश्चात् दिईने क्रिया खर्च बापतको रु १२५०० रुपैयाँ र, कर्जा रकम बापतको ५० हजार गरि “संस्थाले जम्मा ६२ हजार ५सय बिमाबाट प्राप्त भएको रकम सिटिजन्स बैंक लिमिटेडको चेक मार्फत शाखाको केन्द्र न.४९ का सदस्यहरुको रोहवरमा शाखा प्रबन्धक दिपक दाहालले सदस्य सरिता शाही लाई चेक हस्तान्तरण गरेका हुन् । त्यस्तै सस्थाले म्यादी जीवन बिमा कार्यक्रम संचालन गर्दा निकै खुशी भएको भन्दै आफू समस्यामा परेको बेला श्रीमान गुमाउनुको पिडा त छदै छ,यस्तो समस्याको अबस्थामा कर्जा मिनाहा गरि,क्रिया खर्च र बिमा बापतको रकम उपलब्ध गराई आफ्नो पिडामा मलम पट्टि सस्थाले लगाएको सदस्य सरिता शाहीले बताउनुभयो । बिमााङ्क रकम हस्तान्तरण कार्यक्रममा शाखा प्रबन्धक दिपक दाहाल लगायत शाखाका फिल्ड कर्मचारी प्रमोत्तम अर्याल को उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरू

Dipak dahal

1 year ago

Thank u

सम्बन्धित खबर