एभरेष्ट बैंकको ३१ औं वार्षिक साधारण सम्पन्न, २० प्रतिशत लाभांश पारित

अर्थकागज
प्रकाशित: १२ कात्तिक २०८२
Image description

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१ औं वार्षिक साधारण सभा आज भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा भव्यरुपले सम्पन्न भएको छ ।

तस्बिरमा हेरौं एभरेष्ट बैंकको ३१ औं वार्षिक साधारण 

बैंकका संचालक समिति अध्यक्ष बाल गोपाल बैद्यको अध्यक्षता सम्पन्न सभाले ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यसै गरी सभाले बैंकका अध्यक्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरेको छ ।

त्यस्तै, सभाले बैंकको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पनि पारित गरेको छ । सभामा बोल्ने अभिकांश सेयरधनीले यस आर्थिक वर्षमा लाभांश बढाउन संचालक समितिलाई आग्रह गरेका छन् । लाभांशमा बोनस र नगदको अनुपात ५० /५० बनाउन पनि आग्रह गरेका छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर