दुर्गा प्रसाईंबाट ऋण असुल्ने बाटो खुल्यो
प्रकाशित:
०३ पुस २०८१
बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने अभियान सञ्चालन गरिरहेका मेडिकल व्यावसायी दुर्गा प्रसाईं एकपछि अर्काे गर्दै संकटमा पर्न थालेका छन् ।
उनले कुमारी बैंकविरुद्ध अदालतमा दायर गरेको रिट मंगलबार खारेज भएको छ ।
बैंकले ऋण असुलको लागि ताकेता गरेपछि त्यसको विरुद्ध प्रसाईंले आफ्ना कर्मचारी टीकाराम अधिकारीमार्फत २०८० असार ८ गते उच्च अदालत विराटनगर, इलाम इजलासमा रिट दायर गरेका थिए ।
अदालतका न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले अधिकारीले दिएको रिट खारेज गरेको हो । यससँगै उनले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रसाई र उनका कम्पनीहरुले लिएको ऋण असुलीको बाटो खुलेको
छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares