लक्ष्मी लघुवित्तको नाफा २ करोड नाघ्यो, खराब कर्जा करिब १० प्रतिशत


काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस अवधिमा लघुवित्तले २ करोड १५ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनी २ करोड ४० लाख ९ हजार रुपैयाँ नोक्सानमा थियो ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १२.०२ प्रतिशतले घटेकोछ भने सञ्चालन आम्दानी ३ करोड ४ लाख ४२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस कम्पनीले २ करोड ४० लाख ७८ हजार रुपैयाँ सञ्चालन नोक्सान व्यहोरेको थियो । त्यस्तै लघुवित्तको खराब कर्जा भने बढेर ९.६३ प्रतिशतमा पुगेको छ गत बर्षको यहि अवधिमा संस्थाको खराब कर्जा ५.७२ प्रतिशतमा सिमित थियो ।
लघुवित्तको प्रतिशेयर आम्दानी ९.७५ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ३५ पैसा रहेको छ ।
समिक्षा लघुवित्तको निक्षेप ३.१६ प्रतिशतले घटेको छ भने र कर्जा लगानी १५.५४ प्रतिशतले बढेको छ । ४४ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २७ करोड ३८ लाख रुपैयाँ छ ।
Shares