हिमालयन लघुवित्तको नाफामा ११४३ प्रतिशतको उछाल

अर्थकागज
प्रकाशित: ०८ कात्तिक २०८१
Image description

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा लघुवित्तको खुद नाफामा उछाल देखियको छ ।

असोज मसान्तसम्ममा लघुवित्तले १ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ११४३ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिका लघुवित्तको नाफा १० लाखमा सिमित थियो ।

यो अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ३०.२९ प्रतिशतले बढेको छ भने सञ्चालन आम्दानी पनि ११४२.५३ प्रतिशतले बढेको छ। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानीमा पनि बृद्धि आयको छ। समीक्षा अवधिमा लघुवित्तको बार्षिकृत ईपिएस बढेर १६ रुपैयाँ ८८ पैसा पुगेको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १२२.३१ रुपैयाँ रहेको छ। लघुवित्तको खराब कर्जा बढेर ३.७२ प्रतिशत पुगेको छ गत आर्थिक वर्षमा लघुवित्तको खराब कर्जा २.९२ प्रतिशत रहेको थियो ।

प्रतिक्रियाहरू

sangita subedi

1 year ago

Very good 😊 news

सम्बन्धित खबर