कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
प्रकाशित:
२४ वैशाख २०८२
काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा राखेका छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ८१३ कित्ता शेयर बिक्रीमा राखेको हो । कुमारी बैंकको शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ । तोकिएको समयभित्र खरिद आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्तिलाई बिक्री गरिने बैंकले जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares