साहस उर्जाको नाफामा उछाल, २ अर्ब ६४ करोडको बिद्युत बिक्रि

अर्थकागज
प्रकाशित: २५ साउन २०८२
Image description

काठमाडौं । साहस उर्जा कम्पनी लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

यस अवधिमा कम्पनीले ९० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११४.७५ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४२ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको बिद्युत बिक्रि आम्दानी पनि ८.१९ प्रतिशतले बढेर २ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।

कम्पनीको रिजर्भ तथा सञ्चित मुनाफा हाल ३ अर्ब १६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको २ अर्ब ५६ करोड रुपैयाँभन्दा वृद्धि भएको हो। ३ अर्ब ७८ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति ९७ करोड ९९ लाख रुपैयाँ र कुल चालु दायित्व १ अर्ब ८७ करोड रुपैयाँ रहेको कम्पनीद्धारा जारी वित्तिय विवरणमा उल्लेख गरिएको छ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी(ईपिएस) बढेर २३ रुपैयाँ ८८ पैसा पुगेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर