नेप्सेमा एकैचोटी २ कम्पनीको आईपीओ सूचिकृत, कुनले कति पाए ओपनिङ्ग रेञ्ज ?
प्रकाशित:
२२ असोज २०८०
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार एकैचोटी २ कम्पनीको आईपीओ सूूचिकृत भएको छ । आज नेप्सेमा हाथवे इन्भेष्टमेन्ट र माण्डु हाइड्रोपावरको आईपीओ सूचिकृत भएको हो ।
नेप्सेका अनुसार हाथवे इन्भेष्टमेन्टको २ करोड ३४ लाख कित्ता आईपीओ नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो । कम्पनीले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९५ रुपैयाँ ९ पैसादेखि अधिकतम २ सय ८५ रुपैयाँ २७ पैसा ओपनिङ्ग रेञ्ज पाएको छ ।
त्यसैगरी, माण्डु हाइड्रोपावरको एक करोड ३६लाख ३६ हजार ३ सय ७० कित्ता आईपीओ नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो । कम्पनीले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम एक सय २४ रुपैयाँ ४२ पैसादेखि अधिकतम ३ सय ७३ रुपैयाँ २६ पैसा ओपनिङ्ग रेञ्ज पाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares