आज सेयर बजार बन्द

अर्थकागज
प्रकाशित: १४ पुस २०८०
Image description


काठमाडौं ।  सरकारले आज पुस १५ गते सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द भएको छ । गुरुङ समुदायले मनाउने ‘तमु ल्होसार’ पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको हो । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ ।

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । अर्थात् तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् ।

यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेसभुसा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर