ग्लोबल आइएमई लघुवित्तको नाफासँगै बढ्यो ईपीएस

अर्थकागज
प्रकाशित: १५ माघ २०८१
Image description

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४७ दशमलव ४२ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले गत आवको दोस्रो त्रैमासमा ४ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा बढेर ११ करोड ८३ लाख रुपैयाँ पुगेको छ। चालू आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेसँगै नाफा बढ्न मद्दत पुगेको हो। सञ्चालन नाफा गत आवमा ६ करोड ८३ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर १६ करोड ९० लाख रुपैयाँ पुगेको छ। त्यस्तै खुद ब्याज आम्दानी पनि गत आवमा २८ करोड ६३ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ३५ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको कम्पनीले जगेडा कोषमा ६२ करोड रुपैयाँ १२ लाख रुपैयाँ सञ्चित गरेको छ। कम्पनीले ३ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेर ९ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। नाफा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ। गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४६ पैसा रहेकोमा चालू आवमा बढेर ३८ रुपैयाँ २४ पैसा पुगेको छ। त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ २०० रुपैयाँ ३८ पैसा छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर