नेप्सेमा आँखुखोला जलविद्युतको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थकागज
प्रकाशित: ०१ साउन २०८१
Image description

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आँखुखोला जलबिद्युत कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।

कम्पनीको १५० प्रतिशत हकप्रदपछि नेप्सेले प्रतिकित्ता १ सय ४८ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । कम्पनीको १५० प्रतिशत हकप्रदपछि नेप्सेले प्रतिकित्ता १ सय ४८ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य २ सय २० रुपैयाँका आधारमा समायोजन गरेको हो ।

नेपाल धितोपत्र बोर्डले असार १९ गते कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको थियो । धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम १ कित्ता सेयर बराबर नयाँ १।५ कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा लगानी गर्नका लागि हकप्रद बिक्री गर्न लागेको बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर