प्रभु बैंकको साधारणसभा सम्पन्न, संचालक समितिमा ६ जना निर्वाचित
प्रकाशित:
२९ पुस २०८१
काठमाडौं । प्रभु बैंक लिमिटेडको २३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । बबरमहलस्थित बैंकको प्रधान कार्यालय सम्पन्न साधारण सभाले संचालक समितिको प्रतिवेदन सहित गत आर्थिक वर्ष २०८०/८१ के वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचिहरु परित गरेको छ । साधारणसभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको र प्रभु स्टक मार्केट लिमिटेडको गत आर्थिक वर्ष २०८०/०८१ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । बार्षिक साधारणसभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सवै प्रस्तावहरु सर्वसम्मतबाट पारित भएको जनाइएको छ । सभाबाट संस्थापक समूह तर्फ अम्बिका शर्मा लामिछाने, अंगिरमान सिंह र बृष कहादुर बस्नेत र सर्वसाधारण समूहतर्फ सुरज कुमार श्रेष्ठ, राजु पौडेल र किशोरजङ्ग र्काी गरी ६ जना संचालकहरु आगामी ४ वर्षको कार्यकालको लागि निर्वाचित भएका छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares